प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी

डिसी नेपाल
२४ फागुन २०७७ १७:३०

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि खारेज भएको नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक बसेको छ।

तत्कालिन माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा यतिबेला बैठक जारी छ। सर्वोच्चले दर्ता खारेज गर्नुअघि नै नेकपा व्यवहारिक रुपमा विभाजित थियो। तर, सो विभाजनले कानुनी मान्यता नपाउँदै सर्र्वाेच्चले सो दलको दर्ता नै खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रचण्ड–माधव समूहले रणनीति तय गर्न स्थायी कमिटीको बैठक बोलाएको हो।

खारेज भएको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असहमत हुँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले छुट्टै गतिविधि गर्दै आएका थिए।

तर, अब सो दल नै नरहेपछि यो समूह तनावमा परेको छ। अब माधवकुमार नेपालहरु ओलीसँगै एमालेमा रहनु पर्ने वा कारबाही भोग्नुपर्ने अवस्थामा पुगेका छन् भने प्रचण्ड आफ्नो नेतृत्वको माओवादी केन्द्रलाई क्रियाशील गराउनुपर्ने अवस्थामा पुगेका छन्।

माधव नेपालहरुले तत्कालिन एमाले विभाजन गर्न सक्ने अवस्था नरहेकाले सर्वोच्चको फैसलाले सबैभन्दा समस्यामा उनीहरु नै परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *