माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
२६ फागुन २०७७ ९:१७

काठमाडौं। सर्वोच्चको फैसलापछि सक्रिय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दुई दल अलग भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *