पाटन दरबार क्षेत्रको मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको एक करोड सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि रु. १ करोड प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई सहयोग गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोकाबीच सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो।
बैंकले आफ्नो स्थापना कालदेखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षणरपुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ।
Facebook Comment