माधव समूहको निश्कर्ष : बालुवाटारको निर्णय एमाले फुटाउन केन्द्रित

डिसी नेपाल
२८ फागुन २०७७ २०:२१

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय कमिटी बैठकबाट एमाले पदाधिकारी खारेजलगायतका निर्णय गरेपछि बसेको माधवकुमार नेपाल समूहको बैठकले सो निर्णयलाई विभाजन गर्न केन्द्रित रहेको भनेको छ।

बैठकपछि जानकारी दिँदै उपाध्यक्ष भीम रावलले बालुवाटारमा भएको निर्णयले पार्टी विभाजनका लागि निहुँ खोज्ने काम भएको बताए। उनले अब सो निर्णयको विरोधमा संगठित रुपमा प्रतिवाद गरिने बताएका छन्। उनले अब छिटै भेला बोलाउने तयारीसमेत रहेको बताए।

नेता रावलले पार्टीको विधान विपरित गरिएका कुनै निर्णय वैधानिक नहुने बताए। उनले पार्टीको विधान विपरित भएका निर्णयको प्रतिवाद गरिने बताए। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थाको विरोधमै लागेको बताए। उनले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै देशको स्वाधिनता पनि समाप्त पार्ने दुरासयपूर्ण काम गरेको टिप्पणी गरे।

उता एमाले सचिव योगश भट्टराईले समाजिक सञ्जालमा एक पोस्ट लेख्दै पार्टीमा भएको यो गतिविधिप्रति कोही पनि नआत्तिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘बिचलित नहोऔ, धैर्यता र संयमता नगुमाऔ, सहि र सशक्त ढंगले प्रतिवाद गरौं, एकताको बिकल्प छैन, अतिबादको अन्त्य हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *