नेपालमा ग्रेटवाल !

डिसी नेपाल
२९ फागुन २०७७ ९:२७

काठमाडौं। विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ ।

ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरेको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अगाडि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा पारेर बजेट निकासी भएपछि बन्दीपुरबासीमा खुसी छाएको छ ।

मन्त्रालयले बजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालका लागि चार करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *