एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान्छौं : पुन (भिडियो अन्तर्वार्ता)

डिसी नेपाल
२९ फागुन २०७७ २१:३७

काठमाडौं। माओवादी केन्द्र तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई चुनौति दिँदै न्यायिक पुनरावलोकनमा जाने भएको छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने बताएका छन्। डिसी नेपालको द ब्रिज टकमा अर्जुन अर्जुन दाहालसँग कुरा गर्दै नेता पुनले न्यायिक पुनरावलोकनमा जाने निर्णय भएको जानकारी दिएका हुन्।

अन्तर्वार्ताका क्रममा नेता पुनले माओवादी नछोडेरै केही नेताहरु एमालेको केन्द्रीय कमिटीमा रहेको भन्दै उनीहरुसँग राजनीतिक नैतिकता नरहेको बताएका छन्। उनले गृहमन्त्री रामबहादुर थापा बादललगत तत्कालिन माओवादी केन्द्रका नेताहरुले सरकारबाट राजीनामा दिएर पार्टीमा नफर्के कारबाही गरिनेसमेत बताएका छन्।

प्रचण्डसँग नेताहरु मिलेर बस्न सक्दैनन् भन्ने प्रश्नमा नेता पुनले प्रचण्ड गतिशिल व्यक्ति भएकाले केही नेताहरुलाई त्यो मन नपरेको हुन सक्ने बताए। उनले भने, ‘प्रचण्ड गतिशिल, आँटिलो, ठूल्ठूलो आँट गर्ने व्यक्ति हो। अरुलाई सहयोग पनि गर्नुहुन्छ। यस्ता कुराले पनि सबैसँग सोँच नमिल्न हुनसक्छ। त्यसैले पनि सबैसँग कुरा नमिलेको हो। पश्चगामी व्यक्तिहरुसँग कुरा नमिलेको र टक्कर भएको देखिन्छ। प्रचण्डसँग मैले इन्जोयनै गरेको छु।’

नेता पुनले नेत्रविक्रम चन्द विप्लपबारे टिप्पणी गर्दै विप्लव स्पष्ट नभएको र मनोगत विश्लेषणमा रहेको बताएका छन्। तर, शान्ति प्रक्रियामा आएको स्वागत गर्दै उनले ‘सँगै जानतामाझ जाऔं र प्रतिस्पर्धा गरौं’ भनेका छन्।

नेता पुनले एमालेमै सक्रिय हुने माधव–झलनाथलाई माओवादी केन्द्रले कुनै ‘होकवर्क’ नदिएको बताए। उनले भने, ‘अझै पनि पार्टी एकता गर्नुपर्छ। वामपन्थी सरकार बनाउनेमा जोड हुन्छ। केपी ओलीसँग पनि कुरा गछौं भन्नु भएको छ। फेरि माओवादीसँग एकताको कुरा गर्छौ भन्नु भएको छ। ओलीले करेक्शन गरे पार्टीबीच फेरि एकीकरण हुनुपर्छ। यसका लागि के होमवर्क दिनुपर्छ र ? मिल्ने कुरा त राम्रै हो नि।’ उनले माधव–झलनाथहरुको एमालेका कमिटीहरुमा बहुमत रहेकाले मिलेरै जानेमा रहे पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केही शर्मा ओलीले शुक्रबार गरेको निर्णयले उथलपुथल भएको बताए। उनले ओलीले हतासमा सो निर्णय गराएकोसमेत टिप्पणी गरे।

नेता पुनले अहिले पनि माधव–झलनाथहरुसँग धेरै विषयमा आफूहरुको निकटता रहेको बताए। उनले ओली समूहमा रहेका केही नेताहरुसँग पनि निकटता रहेको बताए। तर अहिले नै फेरि पार्टी एकीकरणको सम्भावना नरहेको भन्दै उनले अब माओवादी केन्द्रको संगठन निर्माणमा लाग्ने बताए।

नेता पुनले आवश्यक परे सबै दलहरुसँग सहकार्य गर्ने भन्दै काँग्रेस र जसपासँग पनि सहकार्य गरिने बताए। उनले शनिबार जसपासँग भएको वार्ता सकरात्मक रहेको भन्दै अब तीन विपक्षी दलको सँयुक्त बैठक बसेर समान धारणा आउन सक्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *