माथिल्लो तामाकोशी आयोजनाः पाइप जडानको काम १ महीनाभित्र सकिने

डिसी नेपाल
१ चैत २०७७ ६:२६

दोलखा। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडानको काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन भएपछि आवश्यक करीब १० मिटर स्टिल पाइप आयोजनास्थलमा आइपुगेकाले सो अवधिसम्ममा जडान गर्ने काम सम्पन्न हुने भएको हो ।

एक्सपान्सन ज्वाइनको सट्टा प्रयोग गरिने स्टिल पाइप आयोजना निर्माणस्थलमा बुधवार आइपुगेकाले अर्को चैतभित्रै जडानको काम सम्पन्न हुने आयोजनाका प्रवक्ता डा। गणेशप्रसाद न्यौपानेले बताए । पाइप जडान सम्पन्न भएपछि टनेलमा पानी भर्न शुरू गरिने उनको भनाइ छ । टनेलमा पानी भरेर आवश्यक परीक्षणपछि विद्युत् परीक्षण उत्पादनको मिति तय हुने उनले बताए ।

आयोजनाले हेडवक्र्सका अधिकांश संरचना तथा विद्युत्गृहभित्रको एमएसओभी (ठाडो सुरुङबाट पानी ठोक्किने स्थान) र एमआईभी (६ ओटा टर्वाइनमा पानी बाँडिएर जाने स्थान)को प्रेसर परीक्षण सम्पन्न गरिसकेको छ ।

यस्तै प्रसारण लाइनको काम करीब सकिएको आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम सकिएर उपकरण जडानको काम भइरहेको छ । यस्तै दोलखाको शहरेमा मल्टिसर्किट टावरको निर्माण शुरू भएको बताइएको छ ।

सिँगटी नजिक भाँचिएको प्रसारण लाइनको टावरको जग निर्माणपछि अन्य काम थालिएको आयोजनाले बताएको छ । फुलासी सबस्टेशनमा उपकरण जडान सम्पन्न नभए पनि आयोजनाबाट उत्पादित विद्युत् खेर नजाने आयोजनाको दाबी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *