ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा वामदेव नजाने

डिसी नेपाल
१ चैत २०७७ ११:४०

काठमाडौं । राष्ट्रिय एकता अभियान चलाइरहेका तत्कालीन नेकपाका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको चैत्र ७ गतेको बैठकमा नजाने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपा एमालेको चैत्र ७ गने केन्द्रीय कमिटी बैठकमा उपस्थितिका लागि सबैलाई आग्रह गरेका थिए।

राष्ट्रिय एकता अभियानका अभियान्ता विश्वमणि सुवेदीका अनुसार गौतमले ओलीलाई सपोर्ट हुने कुनै पनि बैठकमा नजाने बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा सुवेदीले भने, ‘उहाँ (गौतम) अभियानमा नै हुनुहुन्छ। अहिले प्रधानमन्त्री ओलीलाई सपोर्ट हुने कुनै पनि बैठकमा जानुहुन्न। ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि उहाँ उपस्थित हुनु हुन्न।’

पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो। दुई समूहको तत्कालीन नेकपालाई पुनःएकीकरण गर्ने भन्दै वामदेव गौतमले राष्ट्रिय एकता अभियान चलाएका छन्। अभियानको संयोजक गौतम आफै बनेका छन्।

फागुन २३ गते सर्वोच्चले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र व्युताएपछि केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष गरी नेकपा एमाले पनि दुई समूहमा विभाजन भएको छ। विभाजन भएपछि ओलीले माधवकुमार नेपाल पक्ष लगायत वामदेव गौतमलाई पनि चैत ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा बोलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *