माओवादी केन्द्रीय समिति बैठकः पार्टी छाडेर एमालेमा गएका १३ जनालाई कारबाही गर्ने प्रस्ताव

डिसी नेपाल
१ चैत २०७७ १४:३८

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टी छाडेर एमालेमा गएका १३ जनालाई कारबाही गर्ने प्रस्ताव पेश भएको छ। एक स्थायी समिति सदस्यका अनुसार माओवादी छाडेर एमालेमा प्रवेश गरेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल तथा चन्द्रबहादुर खड्का र प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह तथा गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै सांसद पदबाटसमेत कारबाहीका लागि प्रस्ताव पेश भएको छ।

यस्तै प्रदेशसभा सदस्यहरु टंक आङबुहाङ, ज्वालाकुमार साह, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, ठम्मरबहादुर विष्ट र झपट बोहोरालाई कारबाही गर्ने प्रस्ताव पेश भएको हो। माओवादीले उनीहरुलाई कारबाही गरे उनीहरुको जननिर्वाचित पदसमेत खारेज हुनेछ।  उनीहरू सबैलाई कारबाहीका लािग स्पष्टीकरणासमेत साेधिएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *