ओली समूहको विरोध गर्दै निर्वाचन आयोग पुग्यो माधव समूह

डिसी नेपाल
१ चैत २०७७ १७:५५

काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रबार बालुवाटार बोलाएको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकबाट गराएका निर्णयलाई मान्यता नदिन भन्दै वरिष्ठ नेता झलनाथ–माधव समूहले निर्वाचन आयोगलाई पत्र लेखेको छ।

आइतबार सो समूहले निर्वाचन आयोगलाई पत्र लेख्दै अनाधिकृत बैठकबाट गरिएका निर्णयहरु कार्यान्वयन नगर्न आयोगसँग आग्रह गरिएको छ। शुक्रबार बसेको बालुवाटार बैठकले एमालेमा अध्यक्ष र महासचिबबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरिएको छ। र माधव समूहका नेताहरुको जिम्मेवारी खोसेर आफू निकट नेताहरुलाई दिइएको छ। साथै माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरी जिम्मेवारीसमेत दिइएको छ।

माधव समूहले ओली समूहको यो निर्णयपछि राष्ट्रिय भेलासमेत बोलाएको छ। आइतबार निर्वाचन आयोगलाई पत्र लेखेको हो। पत्रमा खनाल, नेपालसहित ११ जनाको हस्ताक्षर छ। उनीहरु सबै एमाले स्थायी कमिटी सदस्यहरु हुन्।

उनीहरुले आफूहरुसबै पार्टीको ९ औं महाधिवेशनबानट निर्वाचित भएको भन्दै आफूहरुलाई हटाउने निर्णय अवैध रहेको आयोगलाई जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *