बालुवाटारमा ३ गते चियापान, माधव–झलनाथलाई पनि बोलाइयो

डिसी नेपाल
१ चैत २०७७ १९:१६

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको आयोजना गरेका छन्। मंगलबार बिहान ११ बजेका लागि चियापान आयोजना गरिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

सो चियापानका लागि वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललाई पनि बोलाइएको छ। एमाले संसदीय दलका उपनेता तथा ओलीले प्रदेश नम्बर एकको इन्चार्जको जिम्मेवारी दिएका सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्सि (मंगलबार) ११ बजे बालुवाटारमा चियापान आयोजना गर्नुभएको छ। मन्त्री र सबै एमालेका केन्द्रीय सदस्यहरुलाई निम्ता पठाइएको छ।’

नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाको अघिल्लो दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। सो चियापानमा माधव नेपालहरु सहभागी भए उनीहरुको लामो समयपछि भेट हुनेछ। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीको भेट भएको छैन। तर, नेता नेपालको जन्म दिनमा प्रधानमन्त्री ओलीले फोन गरेर बधाई दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *