नेकपा एमाले ओली र नेपाल समूहबीच भएको वार्ता सकियो

डिसी नेपाल
२ चैत २०७७ १२:२७

काठमाडौं । नेकपा एमालेका दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भएको वार्ता सकिएको छ। धुम्बारहीमा भएको वार्ता करिब १ घण्टा चलेर सकिएको छ।

प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरुको वार्तालाप भएको थिएन्।

ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि भएका थिए भने नेपालको तर्फबाट माधवकुरमा नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसालले सहभागिता जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *