प्रधानमन्त्रीले नेकपा एकीकरणको विन्दूबाट छलफल गर्न मानेनन्

डिसी नेपाल
२ चैत २०७७ १४:००

काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा आज अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षका बीचमा भएको छलफलमा अध्यक्ष ओलीले एमाले र माओवादीबीच भएको एकीकरणको विन्दूमा छलफल गर्न नमानेपछि बैठकमा कुनै ठोस प्रगति हुन सकेन ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार नेपाल पक्षले २०७५ जेठ ३ मा दुई पार्टीबीच भएको एकीकरणको निर्णयको विन्दूबाट छलफल गर्न प्रस्ताव गरेको थियो । तर, अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो विन्दूबाट छलफल गर्न मानेनन् । प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न नमानेपछि आज कुनै पनि ठोस प्रगति नभएको पाण्डेले बताए । उनले नेकपा एमाले विभाजित गर्ने गरी कुनै प्स्ताव नमान्ने बताए ।

उपाध्यक्ष भीम रावलले बैठकमा कुनै पनि ठोस प्रगति नभए पनि छलफल जारी रहने बताए । उनले अर्को छलफल कहिले हुने भन्ने स्पष्ट मिति भने खुलाएनन् । ‘अर्को छलफल कहिले हुन्छ भन्ने निश्चित छैन तर छलफल जारी रहन्छ’ रावलले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *