माधव समूहले धुम्बाराही वार्ताबारे आफू निकट सांसदहरुलाई के ब्रिफिङ गर्‍यो ?

डिसी नेपाल
२ चैत २०७७ १७:११

काठमाडौं। एमालेको जारी विवादका बीच सोमबार भएको धुम्बाराही वार्ताबारे वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गरेको छ। धुम्बाराहीको वार्तापछि सिधै नयाँबानेश्वरस्थित अर्याल होटलमा पुगेका माधव नेपाललगायतका नेताहरुले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गरेका हुन्।

ब्रिफिङ भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले धुम्बाराही वार्तामा आफूहरुले फागुन २८ को निर्णय फिर्ता लिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव गरेको विषय व्रिफिङ गरिएको बताए। वार्तामा अध्यक्ष ओलीले सकरात्मक जवाफ भने नदिएको उनले बताए।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने विषयमा भने केही निर्णय नगरिएको पाण्डेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *