नेपाल समूहको भेलामा सहभागी नहुन नेता कार्याकर्तालाई प्रधानमन्त्री ओलीको चेतावनी

डिसी नेपाल
३ चैत २०७७ १३:०२

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आयोजना गर्ने भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी विधि विधान विपरित बोलाइएको कुनै पनि बेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

‘पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा फर्किइसके पछि पनि फेरिक गुटको बैठक, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने र एउटै पार्टीमा बसेर अराजकता मच्याएर अचाक्ली गर्ने काम भयो,’ ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्याउने कुरा अब स्वीकार्य हुन सक्दैन। अब अनुशासनहीनता भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संसद नियमावली छ, त्यसतर्फ सोच्न आग्रह गर्छु।’

उनले एकतावद्ध र अनुशासित पार्टी चाहिने भन्दै आफ्ना अहंकारका लागि मनपरी गर्न कसैलाई पनि छुट नदिने बताए।

‘अहिले यहाँ एक समूहका मानिस देखिनु भएन,’ उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलोएको ठाउँमा नआउने अनि कसले बोलाएको ठाउँमा जानुहुन्छ, त्यो सबैलाई थाहा छ। भोलि र पर्सी राष्ट्रिय भेला आयोजना गरेको कुरा सुनिएको छ, उक्त भेलामा पार्टीका कुनै पनि नेता कार्यकर्तालाई सहभागी नहुने सचेत र सजग गराउन चाहन्छु। यो पार्टीमा कसैमाथि पनि अन्याय हुँदैन।’

उनले यो बीचमा ठूला ठूला अपराध भएको भएपनि हृदय फराकिलो बनाएर त्यसलाई स्वीकार गरिने र सच्चिएर काम गर्नु पर्ने बताए। ‘तर अब हिजोको जस्तो तमासा बनाउन र जग हसाउने काम गर्न छुट हुँदैन,’ उनले भने, ‘अब नचाहिने कुरामा लत्रिने काम हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *