झलनाथ भन्छन् : दुःखका साथ भन्छौं, शीतल निवासमा जान सक्दैनौं

डिसी नेपाल
३ चैत २०७७ १६:२९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको राजकीय भ्रमणपूर्व मंगलबार बोलाएको पूर्वधानमन्त्रीहरुसहितको सर्वदलदीय बैठकमा दुईजना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्। उनीहरु दुबैजना एमालेका वरिष्ठ नेतासमेत हुन्।

तर, उनीहरु एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग टाढिएका छन्। एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले डिसी नेपालसँग भने, ‘दुःखका साथ भन्छौं शीतल निवासको बैठकमा जान सक्दैनौं। भोलिको कार्यक्रमको तयारीमा व्यवस्थ छौं।’ एमालेको माधव–झलनाथ समूहले बुधबार र बिहीबारका लागि काठमाडौंमा कार्यकर्ता भेला बोलाएको छ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरु भने सहभागी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *