हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगे मुख्यमन्त्री शेरधन राई, हेर्नुहोस् १५ तस्वीरहरु

डिसी नेपाल
३ चैत २०७७ १६:४१

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । केही महिनाअघि मात्र बिहे गरेकी श्रीमती जाङमु शेर्पालाई साथमा लिएर मुख्यमन्त्री राई श्रीमती जाङ्मुको जन्मस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । ससुरानी गाउँमा मुख्यमन्त्री राईको भव्य स्वागत गरिएको छ । उनको स्वागतमा त्यहाँ औपचारिक कार्यक्रम नै आयोजना गरिएको तस्वीरमा देखिन्छ । मुख्यमन्त्री पत्नी जाङमुले फेसबुकमार्फत तस्वीरहरु शेयर गरेकी हुन् ।

जाङमुले फेसबुकमा लेखेकी छिन् ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ किनकी त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ । अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *