शीतल निवासमा सर्वदलीय बैठक शुरू

डिसी नेपाल
३ चैत २०७७ १६:५९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफलका लागि बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ ।

पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली , उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा (बादल ) उपस्थित भएका छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि बैठकमा उपस्थित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, देब गुरुङ , र नारायण काजी श्रेष्ठ उपस्थित भएका छन् ।

बैठकमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्त ठाकुर र पूर्व स्वास्थ मन्त्री राजेन्द्र महतो, नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाश चन्द्र लोहनी लगायतको उपस्थिती रहेको छ।

पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *