सहयोगको रकमले त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकमा कलेजो प्रत्यारोपण

डिसी नेपाल
३ चैत २०७७ १७:५७

काठमाडौं। नेपालमा पहिलो पटक एक वर्षमुनिका बालकको कलेजो प्रत्यारोपण गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले काभ्रे भएका एघार महिनाको बालकमा शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन्।

त्रिवि शिक्षण अस्पतालमा काभ्रेका भएका ३५ वर्षीय सन्तोष थापाले आफ्ना छोरालाई कलेजो दिएका थिए। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ। प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो। उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद डा.रमेशसिंह भण्डारीले बताए।

त्यसयता पाँच जना बिरामीको कलेजो प्रत्यारोपण भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ। पनौती घर भएका सन्तोष थापा र जीवन संगीनी रञ्जिता तामाङको कोखबाट ११ महिना अघि सिरषको जन्म भयो। सिरष जन्मिएपछि  नै रोगी भएका रहेछन्।

गर्भमा रहँदै जण्डीसजस्तो घातक रोगको शिकार भएका ९ महिने सिरष जीवन र मृत्युसँग पौंठेजोरी खेलिरहेका थिए। गरिवीले पीडित रञ्जिताको दम्पत्तिमाथि अर्को ब्रजपात आइ परेको थियो।

‘अहिले मेरो छोरा र श्रीमान्को स्वस्थ्या ठिक छ’, रञ्जिताले खुसी हुर्दै भनिन्, ‘श्रीमानलाई चाँहि अहिले आइसीयूबाट केबिनमा सारेको छ र छोरालाई अझै १०देखि १५ दिन सम्म आइसीयूमा राख्ने डिसी नेपाललाई बताइन्। डाक्टरले अहिले छोरा र श्रीमान्को अवस्था ठिक रहेको र डराउनु नपर्ने जनाएकाे रञ्जिताले बताइन्।

‘विभिन्न व्यक्तिहरुको सहयोगबाट हामीले बीस लाखबाट छोराको कलेजो प्रत्यारोपण सफल भयाैं’ रञ्जिताले बताइन्।

‘हामीले कति धेरै प्राथना गर्यौं। कसैले सुन्नु भएन।’ आमाको काखमा लुटुपुटु गर्ने उमेरमा रोगसँगको संघर्षले सिरष पनि दिन प्रतिदिन दुब्लाउँदै गएको थियो तर अहिले मेरो छोराको कलेजो प्रत्यारोपण भयो। जन्मिदै यो समस्या थियो,’ सिरषकी आमाले भनिन्, ‘हामीले डाक्टरहरुको सल्लाह अनुसार औषधि गरिरहेका थियौं। तर, औषधिले काम गरेन।’

करिव ७ महिना लामो औषधिपानले सिरषलाई कुनै फरक नपारेपछि उनीहरुले शिक्षण अस्पताल महाराजगंज पुर्याए। शिक्षण अस्पतालका डाक्टरहरुले जण्डिससँगै कलेजोमा पनि समस्या देखाएको बताएका थिए। ‘जण्डिसको उपचार गराइरहेकै थियौं,’ रञ्जिताले भनिन्, ‘कलेजोमा पनि समस्या छ। प्रत्यारोपण गर्नुपर्छ भन्ने सुनेपछि त मुर्ति जस्तै भएकी छु, यति ठूलो पीडा र चुनौती शत्रुलाई पनि नहोस्।’

‘सन्ततीको माया आमाबुवा बाहेकलाई थाहै हुँदैन। ९ महिनाको छोराले दिएको पीडाका कारण नाटकीय रुवाई र वास्तविक हासोँ उल्टो भएको छ’, रञ्जिताले भनिन्, ‘रुँदा रुँदा थाकिसक्यौं। जति रोए पनि यो महंगो शहरमा हाम्रो पीडा कसले सुनिदिन्छ।’

सिरषका बुवा सन्तोष डकर्मीकाम गर्थे। आफ्नो हातको सिप प्रयोग गरेर धेरैका सुन्दर घरहरु बनाएका छन्। भत्किएका मनहरुलाई टालेका छन्। अहिले आफ्नो मन भत्किँदा भने सन्तोषले न टाल्न सकेका छन्, न बनाउन नै। ‘काभ्रेबाट छोराको उपचारका लागि काठमाडौं आएदेखि ५ लाख खर्च भइसकेको छ,’ सन्तोषले असन्तोष हुँदै भने, ‘अझै राम्रो भएको छैन। भारत लैजानु पर्छ भन्नुहुन्छ डाक्टरहरुले तर, पैसा छैन।’

वालवालिकाको कलेजो प्रत्यारोपण भारतको एपोलो अस्पतालमा हुने सल्लाह डाक्टर सूर्यराज थापाले दिएको सन्तोषले सुनाए। उनले भने, ‘भारु २० लाख (३२ लाख नेपाली रुपैयाँ) लाग्छ रे। अलिअलि बचत गरेको पैसा सकियो। अब यो ३२ लाख पैसा कसरी जुटाउनु।’ ‘हामीले ऋण खोजिरहेका छौं,’ रञ्जिताले भनिन्, ‘हामीलाई ऋण भए पनि दिनुहोस्, कोही दाता हुनुहुन्छ भने।’

आमाबुवाको ममता हो। उनीहरुले आफ्नो अन्तिम श्वाससम्म पनि सिरषले लडिरहेको लडाईँमा उनको तर्फबाट लड्ने संकल्प गरेका छन्। ‘हाम्रा लागि ३२ लाख खोज्नु फलामको चिउरा चपाउनु सरह हो,’ सन्तोषले भने, ‘साथीभाइ र आफन्तहरुले सहयोग गरिरहनु भएको छ। माघको पहिलो साता भारत लैजानु पर्ने भन्ने डाक्टरको सल्लाह समेत दिएका रञ्जिताले बताइन्। रञ्जिताका अनुसार प्राप्त रकम नहुदा सबिन लामा र जिग्मे लामा (ह्योल्मो)ले पनि सहयोगले गरेको बताइन्।

‘यसरी सन्तोष थापाको छोराको कलेजो प्रत्यारोपणका लागि सहयोग गर्ना पाउँदा मलाई खुःसी लागेको’, बौद्ध तिन्चुलीका स्थानीया जिग्मे लामा (ह्योल्मो)ले डिसी नेपाललाई बताए। जिग्मेले भने, ‘सिरष थापा बचाउँ अभियानका’ साथ काली घिसिङ्ग र उनका साथीहरुको सहयोगमा बेलायतबाट ८० हजार एक सय ८०, पाल्की लामा(ह्योल्मो सहयोगी हात)को सदस्याहरुको तर्फाबाट २ लाख ३७ हजार ९ सय ५४, नेपालबाट ५४ हजार ९ सय ५४ रकम सन्तोष थापाका परिवारलाई दिएर अहिले कलेजो प्रत्यारोपण् पनि सफल हुर्दा निकै खुसी छु।’

डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो। यस्तै सानो उमेर (शिशु)मा गरिएको पहिलो प्रत्यारोपण हो। मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक बर्ष यी दुबै सेवा रोकिएका थिए। मिर्गौला प्रत्यारोपण केही साता अघि देखि शुरु भएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको समूहलाई बधाई दिएका छन्। उनले ट्वीटरमा लेखेको छन्, ‘नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्राडा रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *