उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

डिसी नेपाल
३ चैत २०७७ २१:१५

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे । सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *