सामाजिक संजालमा सिकारी महिला भाइरल
काठमाडौं। पछिल्लो समय सामाजिक संजालमा एक सिकारी महिला भाइरल भइरहेकी छिन् । ३५ वर्षकी यी महिलाका थुप्रै तस्वीरहरु इन्स्टाग्राममा छन् जुन तस्वीरहरुमा उनी सिकारको लागि निस्किएकी देखिन्छिन् । डेलीमेलको रिपोर्टअनुसार उनी हप्तामा तीन दिन सिकारको लागि जंगलमा जान्छिन् । उनका अनुसार उनलाई सिकार गर्ने बानी परिसकेको छ र अहिलेसम्म उनले १०० भन्दा धेरै जनावरको सिकार गरिसकेकी छिन् ।
एरिका एगोनसन नामकी यी महिलाका अनुसार सिकार गर्दा उनको मनले शान्ति महसुस गर्छ । यी महिला स्वेडेनको लिकोपिंगकी हुन् । तीन वर्ष पहिले २०१८ मा उनी पहिलो पटक आफ्ना ब्वाइफ्रेण्डसँग सिकारको लागि गएकी थिइन् । त्यही बेलादेखि उनलाई सिकार गर्ने सोख चढेको हो । एरिका पेसाले ट्रेन ड्राइभर हुन् । यद्यपि उनले वन्यजप्वन व्यवस्थापनको डिग्री हासिल गरेकी छिन् ।
एरिकाका अनुसार उनी बिहानै सिकारमा निस्किन्छिन् र बेलुका मात्र फर्किन्छिन् । एरिकाले हरिण, जंगली सुँगुर जस्ता जनावरको सिकार गर्छिन् र तिनीहरुको मासु घर ल्याउँछिन् । एरिकाका अनुसार उनलाई प्रकृतिको बीचमा रहन मन पर्छ र सानैदेखि उनलाई जनावरहरु मन पर्छन् । सानैमा उनी जनावरको डाक्टर बन्न चाहन्थिन् ।
एरिकाले ४ कुकुर पनि पालेकी छिन् । उनी सिकारमा जाँदा दुई कुकुरलाई साथमा लिएर जान्छिन् ताकि ती कुकुरहरुले उनलाई कुनै जनावरको आक्रमणबाट बचाउन सकुन् । एरिकाले कुकुरहरुलाई पनि जंगली जनावर पत्ता लगाउने प्रशिक्षण दिएकी छिन् । एरिकाका अनुसार उनले अहिलेसम्म सबैभन्दा ठूलो जनावरको रुपमा फिनल्याण्डमा अमेरिकी हरिणको सिकार गरेकी छिन् ।
Facebook Comment