नेपाल पत्रकार महासंघको चुनाव चैत २५ मा

डिसी नेपाल
४ चैत २०७७ १५:५६

काठमाडौं। पत्रकारहरुको छाता संघठन नेपाल पत्रकार महासंघको नयाँ कार्य समिति चयनका लागि चैत २५ मा चुनाव हुने भएको छ। एकै दिन तीनै तहको कार्य समिति चयनका लागि चैत २५ मा मतदान गर्ने निर्णय गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिव दाहालले महासंघको मतदान मिति तोकिएको जानकारी दिएका छन्। उनका अनुसार महासंघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला शाखा, एसोसिएट शाखा र प्रतिष्ठान शाखाको एकै पटक चुनाव हुन लागेको हो।

महासंघको इतिहासमा पहिलो पटक साधारण सदस्यहरुले प्रत्यक्षरुपमा तीन तहकै कार्य समितिका लागि मतदान गर्दैछन्। यसअघि महाधिवेशनका लागि जिल्ला र एसोसिएट शाखाकाट महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्ने वयवस्था थियो। तर पहिलो पटक साधारण सदस्यले प्रत्यक्ष रुपमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। हरेक जिल्लाबाट मतदान गरिनेछ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले मतदानको मिति तय गरेको दाहालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *