जसपाले समर्थन गर्ने संकेत गरेसँगै प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक

डिसी नेपाल
४ चैत २०७७ १६:०९

काठमाडौं। जनता समाजवादी पार्टीले आफूलाई समर्थन गर्न सक्ने संकेत दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार भोलि बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

आजै जसपा नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका मागका विषयमा प्रधानमन्त्री सकारातमक देखिएको भन्दै प्रधानमन्त्रीलाई आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरेका थिए । अर्कोतर्फ आज नै एमालेको माधव नेपाल, झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्रीले नगर्न भन्दाभन्दै भेला आयोजना गरिएको भए पनि उक्त समूहका नेता तथा सांसदहरुलाई कारवाही गर्नेगरी बैठक नबोलाइएको भट्टराईले बताए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको भट्टराईले बताए । भट्टराईले समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुने बताउँदै भट्टराईले कारवाहीको कुरा नभएको बताए । पार्टीभित्र विवाद हुँदा संसदमा त्यसको प्रभाव परेकोले संसदमा पार्टी एक ढिक्का भएर जानेबारे बैठकमा छलफल हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *