काठमाडौं विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा टप टेनमा !
काठमाडौं। काठमाडौं विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा शीर्ष १० मध्येमा परेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनपछि जारी गरिएको ‘वर्ल्ड एयर क्वालिटी रिपोर्ट’ २०२० का अनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा दशौं स्थानमा परेको हो । सबैभन्दा प्रदूषित राजधानीको शीर्ष स्थानमा भारतको राजधानी दिल्ली परेको छ ।
सबैभन्दा प्रदूषित राजधानीहरुमध्ये शीर्ष स्थानमा भारतको दिल्ली, दोस्रोमा बंगलादेशको ढाका, तेस्रोमा मंगोलियाको उलनबाटोर, चौथोमा अफगानिस्तानको काबुल, पाँचौंमा कतारको दोहा, छैटौंमा किर्गिजस्तानको बिस्केक, सातौंमा बोस्निया हर्जगोभिनाको सारजेभो, आठौंमा बहाराइनको मनामा, नवौंमा इण्डोनेसियाको जाकार्ता र दशौंमा नेपालको काठमाडौं छन् । दिल्लीको पिएम २.५ कन्सन्ट्रेसन ८४.१ छ भने काठमाडौंको पिएम २.५ कन्सन्ट्रेसन ३९.२ छ ।
यस्तै सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औं स्थानमा परेको छ । सबैभन्दा प्रदूषित देशको सूचीमा शीर्षमा बंगलादेश छ । यस्तै दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौंमा अफगानिस्तान, छैटौंमा ओमान, सातौंमा कतार, आठौंमा किर्गिजस्तान, नवौंमा इण्डोनेसिया, दशौंमा बोस्निया हर्जगोभिना, ११ औंमा बहराइन र १२ औंमा नेपाल छ । बंगलादेशको पिएम २.५ कन्सन्ट्रेसन ७७.१ छ भने नेपालको पिएम २.५ कन्सन्ट्रेसन ३९.२ छ ।
Facebook Comment