इन्स्टाग्राममा फलो नगरेको व्यक्तिलाई सन्देश पठाउन नपाइने
काठमाडौं (बीबीसी) । सामाजिक सञ्जाल इन्स्टाग्रामले किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिबाट अनावश्यक सन्देशबाट बचाउन नयाँ सुरक्षा तह थपेको छ। अब १९ वर्षसम्मका किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिले सन्देश पठाउन ती किशोरकिशोरीले फलो गरेको हुनुपर्छ।
र सन्देशसँगै इन्स्टाग्रामले किशोरकिशोरीलाई आफूलाई असहज हुने कुरा भए उत्तर नदिए हुने सूचना पनि देखाउने छ। इन्स्टाग्रामको प्रयोगकर्ता बन्न कम्तीमा १३ वर्षको हुनुपर्छ।
प्रतिक्रिया
Facebook Comment