ओलीलाई माधव नेपाल पक्षको जवाफ ‘हाम्रो भेला छ, संसदीय दलको बैठकमा आउन भ्याउँदैनौं’
काठमाडौं। एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहानको लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएका छन् । माधव नेपाल समूहले आफूहरुको राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकोले संसदीय दलको बैठकमा जान नभ्याउने बताएका छन् ।
भोलि बिहान ११ बजे बालुवाटारमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुने बताएका छन् । पार्टीभित्र विवाद हुँदा संसदमा त्यसको प्रभाव परेकोले संसदमा पार्टी एक ढिक्का भएर जानेबारे बैठकमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया
Facebook Comment