ज्योति लाइफको आइपीओ शुक्रबार बाँडफाँड हुने

डिसी नेपाल
५ चैत २०७७ ९:५०

काठमाडौं । ज्योति लाइफ इन्सोरेन्स कम्पनीको शेयर शुक्रबार बाँडफाँड हुने भएको छ। शेयर बाँडफाँडका लागि आवश्यक तयारी पुरा भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

फागुन २१ गतेदेखि कम्पनीले ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लािग निष्कासनमा ल्याएको थियो। कुन जारी पूँजीको ३० प्रतिशत शेयर निष्कासनमा ल्याएको थियो।

एनएमबी क्यापिटलका अनुसार कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर मात्र निष्कासन गरेको हो। त्यो मध्यको ५ प्रतिशत कर्मचारी र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरेको थियो।

ज्योति लाइफ इन्सोरेन्सको शेयर आवेदनले रेकर्ड बनाएको थियो। हालसम्म सबैभन्दा बढी शेयर आवेदन उक्त कम्पनीका लागि परेको हो। १८ लाख ४ हजार६ सय ४८ जनाले आवेदन भरे पनि १० कित्ताका दरले ५ लाख ९४ हजारले मात्र शेयर प्राप्त गर्ने भएका छन्।

६६ लाख कित्ताको लागि आवदेन खोले पनि ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *