सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग
काठमाडौं। पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन्। बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
महासंघले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेकोले यातायात भाडा बढाउनु पर्ने माग राखेको छ। चैत तेस्रो हप्तासम्म भाडा नबढाए ब्यवसायीहरु सवारी साधन थन्क्याउन बाध्य हुने महासचिव सिटौलाले बताए।
महंगी बढे पनि २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएकोले भाडा समायोजन गर्न महासंघले सरकारलाई आग्रह समेत गरेको छ।
प्रतिक्रिया
Facebook Comment