घुससहित मालपोतका शाखा अधिकृत पक्राउ
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।
कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुँदैछ ।” रासस
प्रतिक्रिया
Facebook Comment