संसदभित्रैबाट राजनीतिक स्थायित्व खोज्ने काम हुन सकेन : मन्त्री ज्ञवाली

डिसी नेपाल
६ चैत २०७७ १३:२७

काठमाडौं। परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको आदेशले पुनःस्थापित भएपछि संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्ने काम हुन नसकेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै मन्त्री ज्ञवालीले संविधानमा संसद बैठक सुरु भएको पहिलो दिनमा सरकारले संसद नभएका बेला जारी गरेका अध्यादेश पेश हुन नसकेको भन्दै आपत्ति जनाए। जनतासँग प्रत्यक्ष रुपमा सरकोकार राख्ने अध्यादेशलाई समेत संसदमा पेश गर्न नसक्नु दुखद भएको उनले जनाए।

उनले भने, ‘बैठक नचलेका बेला सरकारले पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एसिड आक्रमणजस्तो अध्यादेशलाई हामीले छलफल गर्न सकेनौं। टेबल पनि गर्न सकेनौं।’

काठमाडौं– परराष्ट्रमन्त्री ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा नहुँदा प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनिएको बताए। मन्त्री ज्ञवालीले संकटमा जनतालाई सेवा गर्न पाउँदाको अग्रगमन केही नहुने बताए।

‘हामी कहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ,’ उनले भने, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, पद नपाउँदा प्रतिगमन हुने, तर हाम्रा निम्ति काठमाडौंका काकाकुलजस्ता परेका नागरिकहरूले पानी खान पाउँदाको जस्तो अग्रगमन केही हुँदैन।’

फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै सरकारले विधिको शासन र संविधानको सर्वोच्चतलाई विश्वास गर्ने पनि मन्त्री ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीले वर्तमान सरकारले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस, मेलम्ची आयोजना, मरिन सुनकोशी डाइभर्सन, ३९६ पालिकामा आधारभूत अस्पताल शिलान्यास, कोरोनाविरुद्ध खोप , लिपुलेकलगायतका विषयमा ऐतिहासिक काम गरेको उल्लेख गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *