गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज

डिसी नेपाल
७ चैत २०७७ ११:४५

काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस शनिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सोही अवसरमा आज नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

विस. २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बनेका कोइराला चार पटक प्रधानमन्त्री बनेका थिए। नेपाली राजनीतिक इतिहासका महत्वपूर्ण व्यक्तित्व कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो।राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।

२०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उनको भूमिका महत्त्वपूर्ण छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *