नेपाल समूहका प्रभावशाली नेता ओली समूहमा, भन्छन् ‘गल्ती गरेँ माफ पाउँ’

डिसी नेपाल
७ चैत २०७७ १३:१७

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षका प्रभावशाली सांसद कृष्ण भक्त पोखरेल प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भएका छन्। दलको बैठकमा बोल्दै पोखरेलले पार्टी ब्यूतिएको मा खुसि भएको पनि बताए।

सूर्य चिन्ह, नेकपा एमाले र जबजका लागि आफूले पुरानो समूह त्यागेर ओली समूहमा लागेको बताएका छन्। उनले भनेका छन, ‘ म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ। मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु।’

नेकपाको विवाद भएका बेला नेपाल समूहको प्रतिनिधिका रुपमा निर्वाचन आयोग र सर्वोच्च अदालत समेत जाने गरेका पोखरेल कानु व्यवसायी पनि हुन।

सर्वोच्च अदालतले फागुन २३ गते पूर्व नेकपा एमाले र माओवादी केन्द्र व्यूताइदिएपछि एमालेका दुई समूहले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएका छन्। प्रधानमन्त्रीको निवासमा संसदीय दलको बैठक भइरहेका बेला माधव नेपाल समूहको राष्ट्रिय युवा भेला चलिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *