नेपाल समूहले दियो संसदीय दलको बैठकमा उपस्थित नहुनको कारण

डिसी नेपाल
७ चैत २०७७ १५:०१

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेको नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा ५ बुँदे विरोधपत्र बुझाएको छ। शनिबार बैठक जारी रहेको अवस्थामा नेपाल समूहका नेताहरुले बैठक स्थल बालुवाटार  पुगेर ५ बुँदै विरोधपत्र बुझाएका हुन्।

उक्त विरोधपत्रमा बैठकको स्थान, संसदीय दलको बैठक बोलाउने प्रक्रिया लगाएतका विषयमा आफ्नो विरोध रहेको जनाएको छ। यस्तै नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डैप्रति असहमति जनाएको थियो।

उक्त विरोधपत्रमा नेपालसमूहका ३८ जनाको हस्ताक्षर रहेको छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्वतव अवस्थामा फर्काएपछि नेपाल समूहले समानान्तर भेला र छलफलको आयोजना गर्दै आएको छ। केही दिन अगाडि नेपाल समूहले आफू निकट राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो।

नेपाल समूह अध्यक्ष समेत रहेका ओलीले बोलाएको संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएको छैन्। समानान्तर भेला र छलफल आयोजना गरे कानुन बमोजिक कारवाही हुने ओली समूहले चेतावनी दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *