एमाले संसदीय दलको बैठकस्थलबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि तरंग

डिसी नेपाल
७ चैत २०७७ १५:३४

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकस्थलभित्रबाट कोमल वलीको सेल्फी भिडियो बाहिरिएपछि यसले राजनैतिक वृत्तमा तर्क वितर्क जन्माएको छ । संसदीय दलको बैठकमा सांसद कृष्णभक्त पोखरेलले बोल्दै गर्दा वलीले सेल्फी भिडियो खिचेकी हुन् । भिडियोमा सांसद पोखरेलले केपी ओलीको सरकार ५ वर्षसम्म चल्नुपर्ने बताएका छन् ।

वलीले यसरी भिडियो सार्वजनिक गरेपछि राजनैतिक वृद्धमा टिकाटिप्पणी सुरु भएको छ । पोखरेल उनै सांसद हुन् जसले प्रतिनिधिसभा विघटनको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस समेत गरेका थिए । लामो समयसम्म माधव नेपाल पक्षमा रहेका सांसद पोखरेल फर्किएर गरेको सम्बोधन यसरी रेकर्ड गरेर सामाजिक संजालमा पोस्ट गर्नुलाई नेपाल पक्षलाई ‘देख्यौ त !’ भन्न खोजेको रुपमा अर्थ लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *