एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

डिसी नेपाल
८ चैत २०७७ ६:१३

काठमाडाै। नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो । एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए। पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।

उनका अनुसार शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ। यस्तै बैठकले १०औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत गरेको छ। अहिले रहेका २६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको निर्णयसमेत गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *