बोहोराटारमा पौडेल पक्षको छलफल जारी

डिसी नेपाल
८ चैत २०७७ १६:१६

काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो निवासमा आफू निकट नेताहरुसँग राजनीतिक परिस्थिति र महाधिवेशनबारे छलफल गरेका छन्। छलफलमा जारी एक नेताका अनुसार यतिबेला छलफल जारी छ।

भदौं पहिलो साता हुने पार्टीको १४ औं महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल केन्द्रित रहेको ती नेताले जानकारी दिए। छलफलमा सभापति शेरबहादुर देउवा इतरका नेताहरु सहभागी छन्।

यस्तै अहिलेको राजनीतिक संकटका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसले वर्तमान राजनीतिक संकट हटाउनका लागि अगुवाई गर्नुपर्ने नेताहरुको धारणा रहेको छ। तर, सभापति देउवा रहस्यम ढंगबाट मौन बसेपछि पौडेल पक्ष आफ्नै सभापतिसँग सशंकित छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको काँग्रेसले पर्दा पछाडिबाट भने ओली सरकारको पक्षमै रहेको जस्तो व्यवहार गरिरहेको भन्दै पौडेल पक्ष सभापति देउवासँग सशंकित छ।

सभापति देउवा र प्रधानमन्त्री ओलीबीच कुनै सम्बन्ध रहेको पौडेल पक्षको आरोप छ। त्यसो त सभापति देउवाले सरकारले नर्गे नियुक्तीहरुमा भाग पाउँदै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न आयोगमा ३८ जना पदाधिकारी नियुक्त हुँदा देउवा निकटहरुले पनि नियुक्ती पाएका थिए।

बोहोराटानर छलफलमा यी सबै विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्। छलफलमा महामन्त्री डा. सशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा रामसरण महत, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *