३६ वटा विधेयक प्रक्रियामा, ‘विजनेश’ नपाएर प्रतिनिधिसभा बैठक प्रभावहीन

डिसी नेपाल
९ चैत २०७७ ७:५७

काठमाडौं। सरकारले विजनेश नदिएका कारण संसदले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेका बेला ३६ वटा विधेयक प्रक्रियामा रहेको पाइएको छ।

केही विधेयक समितिमा दफावार छलफलका क्रममा रहेका छन् भने केही विधेयक प्रतिनिधिसभामा प्रस्तुत पनि भएका छन्। तर ती विधेयकलाई कार्यसूचीमा नचढाउँदा प्रतिनिधिसभा बैठक प्रकावहीन भएको हो। ‘अहिले विभिन्न ३६ वटा विधेयक प्रक्रियामा छन्,’ संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले डिसी नेपालसँग भने, ‘केही विधेयक समितिमा नै छलफलका क्रममा रहेका छन्। केही विधेयक सदनमा प्रस्तुत भइसकेका छन्।’

तर सर्वोच्च अदालतको आदेश पनि पुनःस्थापना भएको प्रतिनिधिसभा बैठकमा भने सरकारले केही अध्यादेश पेश गरेपनि अन्य विधेयक नल्याएको संसद सचिवालयले जनाएको छ।

‘अहिले संसद नहुँदा सरकारले जारी गरेको अध्यादेश बाहेक अन्य विधेयक सरकारले ल्याएको छैन,’ संसद सचिवालय स्रोतले भन्यो, ‘यसअघिकै विधेयक प्रक्रियामा रहेका छन्। ती विधेयकलाई पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर कार्यसूचीमा चढाउने काम नहुँदा प्रतिनिधिसभा विजनेश विहीन भएको हो।’

संसदलाई विजनेश दिने काम सरकारको हो। सरकारले दिएको विजनेशलाई सभामुखले बैठकको कार्यसूचीमा राखेर अगाडि बढाउनुपर्छ। तर पछिल्लो समय कार्यकापलिका र व्यवस्थापिकाबीच विवाद बढ्दा प्रतिनिधिसभा बैठक प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ।
अघिल्लो अधिवेशनमा सरकारले एमसीसी विधेयकलाई संसदमा पेश गर्न सचिवालयमा दर्ता गराएको थियो।

तर सभाुमखले उक्त विधेयक अगाडि नबढाउँदा सो विधेयक प्रक्रियामा अगाडि बढ्न सकेको छैन। ‘कार्यव्यवस्था परामार्श समितिको बैठकमा सरकारका तर्फबाट कानुन मन्त्रीले त्यस्ता विधेयकमा सहमति गराउने प्रयास गर्नुपर्छ,’ सचिवालय सम्बद्ध स्रोतले भन्यो, ‘अहिले त यो विधेयक अगाडि बढाउनलाई सरकारले पनि पहल गरेको छैन।’

सभामुखले प्रतिनिधिसभा बैठकमा पेश भएका विधेयकहरुसमेत प्रक्रियामा अगाडि बढाएका छैनन्। हाल प्रतिनिधिसभामा सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ। यसैगरी सैनिक ऐन, २०६३ लाइ संशोधन गर्न बनेको विधेकय, निकास पैठारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा यसअघि नै प्रस्तुत भइसकेका छन्। तर ती विधेयकलाई दफावार छलफलमा अगाडि बढाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *