राजधानीको नयाँ बसपार्कअगाडि बाटो छेकेर गाडी तेर्स्याइयो, घण्टौंसम्म रिङरोड ठप्प
काठमाडौं। राजधानीको अत्यन्तै व्यस्त सडक चक्रपथको बसपार्क अगाडिको खण्ड घण्टौंसम्म ठप्प रह्यो । राजधानी भित्रिने र बाहिरिने गाडीहरुसहित चक्रपथमा गुड्ने हजारौं सवारी साधनहरु अवरुद्ध रहे । रिङरोडमा सडक पूरै अवरुद्ध हुने गरी बसहरु तेर्स्याइएका थिए ।
यातायात व्यवसायिका अनुसार ट्राफिक प्रहरीले बसलाई ५ हजारको चिट काटिदिएपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । बताइएअनुसार एउटा बसले एक प्रहरी अधिकारीको सामान ल्याइदिर्एको थियो । सामान ल्याएवापत बसले ३ सय भाडा मागेको थियो । त्यसपछि ट्राफिकले त्यो बसलाई ५ हजार रुपैयाँको चिट काटेपछि व्यवसायीले सडक अवरुद्ध पारेका हुन् ।
बसपार्क प्रहरीका अनुसार बिहान करिब ९ बजेको समयमा सडक अवरुद्ध पारिएको थियो । अहिले भने सडक खुलिसकेको छ । बसपार्क प्रहरीले भाडाको विषयमा कुरा नमिलेपछि सडक अवरुद्ध पारिएको बताएको छ ।
Facebook Comment