प्रधानमन्त्री ओली र विप्लवबीच भेट, बन्दी रिहाइ गर्न विप्लवको आग्रह

डिसी नेपाल
९ चैत २०७७ १५:४९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा भएको भेटमा विभिन्न मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।

विप्लवले प्रधानमन्त्री ओलीसँग बन्दी रिहाइका विषयमा चासो राखेका थिए। प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले प्रधानमन्त्री ओली र विप्लवबीच राजनीतिक विषयमा छलफल भएको बताए।

उनले विप्लवले बन्दी रिहाइका विषयमा चासो राखेको र प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सबै बन्दी रिहाइ गरिने आश्वासन दिएको बताए। ‘सबै प्रक्रिया पुर्याएर नेकपाका पक्राउ परेका कार्यकर्ता रिहा गरिने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो,’ बजगाईँले डिसी नेपालसँग भने, ‘कतिपय मुद्दा अदालतमा पनि भएका कारण प्रक्रियामा पूरा गर्नुपर्छ।’

सरकारले विप्वल समूहका पक्राउ परेका कार्यकर्तालाई रिहा गर्ने प्रतिवद्धता जनाएपनि सबै कार्यकर्ता रिहा नभएपछि विप्लवले प्रधानमन्त्री ओलीसँग चासो राखेका हुन्। सरकार र विप्लव समूहबीच फागुन २० तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *