‘आत्म अनुसाशित भयौं भने लकडाउन भोग्न पर्दैन’

डिसी नेपाल
११ चैत २०७७ ६:५६

नेपालमा कोरोना महामारी सुरु भएको आज १ वर्ष पुगेको छ। यो अवधिमा हामीले एउटा चक्र पूरा गरेका छौं। २ जना संक्रमित भेटिएको बेला नेपालमा लकडाउन सुरु भएको थियो। हामीले १८ हजार संक्रमित भएको बेला लकडाउनको अन्त्य गर्नु परेको थियो। यसले हामीलाई लकडाउन समाधान होइन भन्ने कुरा बुझाएको छ।

लकडाउन भएपछि हाम्रो आर्थिक क्रियाकलापहरु ठप्प भए। उद्योगधन्दा बन्द हुँदा धेरैको रोजीरोटी पनि गुम्यो। यो एक वर्षबाट हामीले पाठ सिक्नु जरुरी छ। हामीले गएको १ वर्षमा पाठ सिक्यौं भने आउने विषम परिस्थितिलाई समाधान गर्न सक्छौं। हामीले त्यो पाठ सिकेनौं भने पहिलाको वर्ष भन्दा पनि जटिल हुन सक्छ।

विषेश गरी हामीले गतसाल भएका गल्तीहरु दोहोरिनु हुँदैन। हामीले गतसाल सरुमा आरडिटी टेस्ट गर्यौं। महामारी सुरु भइसकेका बेला हामीले आरडिटी टेस्ट नगरेर पिसीआर टेस्ट गर्नु पथ्र्यो। आरडिटीले नेगेटिभ देखायो। हामीले ख्याल गरेनौं। ख्याल नगरिएकै कारण व्यापक रुपमा कोरोना महामारी सर्यो।

हामीले भारतमा भएका नेपालीहरुलाई पूर्व सूचित गरेर नेपाल नफर्काउनु अर्को गल्ती गरेका थियौं। त्यो बेलामा हामीले १ हप्ताको अवधि दिएर भारतमा भएकाहरुलाई नेपाल फर्काको भए पछिल्लो जुन परिस्थिति भोग्नु पर्यो त्यो परिस्थिति आउँथेन होला। हामीले सीमानाका बन्द गरेपछि उनीहरु सीमा बाहिर बस्न बाध्य भए। जसका कारण धेरैलाई संक्रमित गरायो।

टेस्न नगरेरै क्वारेन्टाइनमा राख्यौं। संक्रमित भएका र नभएकाहरुलाई एकै ठाउँमा राखेपछि भद्रगोल भयो। र त्यो भद्रगोलका कारण सबैमा कोरोनाको संक्रमण पुग्न थाल्यो। जनस्वास्थ्यका मापदण्डप्रति पनि सरकार गतवर्ष उदासीन रहेको देखिन्छ। त्यो पनि सरकारको अर्को गल्ती थियो।

भारतमा फैलिएको कोरोनाको प्रजाति नयाँ हो। यो नयाँ प्रजाति पुरानो भन्दा धेरै छिटो फैलिन सक्ने हैसियत राख्छ। भोलि हाम्रो स्वास्थ्य प्रणालीले पनि धान्न नसक्ने अवस्था आउन सक्छ। स्वास्थ्य प्रणाली तयारी अवस्थामा हुन जरुरी छ। हाम्रो स्वास्थ्य प्रणालीले आफूलाई अटेन्सनमा राख्ने सही समय छ। यो समय नै पूर्व तयारी गर्नु पर्छ।

अहिले हामीले त्यो भद्रगोल हटाउन तर्फ ध्यान दिनु पर्छ। हामीले यो वर्ष सीमित नाकाहरु खोल्नु पर्छ। ती नाकाबाट प्रवेश गरेकाहरुलाई नाकामै चेकजाँचको व्यवस्था मिलाउनु पर्छ। चेकजाँच गरेको १० मिनेटमा रिपोर्ट आउँछ। त्यो १० मिनेटपछि पोजेटिभ आएकालाई आइसोलेसनमा पठाउनु पर्यो।

लक्षण देखिएका तर नेगेटिभ आएकालाई क्वारेन्टाइनमा पठाउनु पर्यो र लक्षण पनि नदेखिएका नेगेटिभ आएकालाई घर पठाउने व्यवस्था मिलाउनु पर्छ। घर पठाएकालाई पनि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्नुपर्छ।

अर्को कुरा नेपाल भारतको सिमाना १८ सय किलोमिटर खुल्ला छ। हामीले मुख्य सिमानाकमा कडाई गरेपछि खेतबाट जंगलबाट, वा लुकिछिपी प्रवेश गर्नेहरु पनि देखिन्छन्। त्यो प्रक्रियालाई निरुत्साहित गर्नु पर्छ। उनीहरुलाई पूर्णरुपमा रोक्न सक्नु पर्छ। सिमाना मै गरेजस्तै प्रक्रिया विमानस्थलमा पनि गर्नु पर्छ।

अर्को कुरा विभिन्न भाषामा जनचेतनाका लागि सरकारले विज्ञापन, श्रव्यदृष्य र सन्देशमुलक सामाग्रीहरु बनाएर प्रकाशन तथा प्रशारण गर्न लगाउनु पर्छ। जनस्वास्थ्यका मापदण्डहरुलाई पनि कडाइका साथ पालना गर्न लगाउनु पर्छ। सबै सयन्त्र प्रयोग गरेर सरकारले जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न लगायो भने हामी कोरोनाको चेनब्रेक गर्न सक्छौं।

अझै पनि हामीले कोरोना महामारी विरुद्ध लड्नका लागि सबै मापदण्ड अपनाउनु आवश्यक पर्छ। सरकारको तर्फबाट कन्ट्राक्ट ट्रेसिङ गर्न जरुरी छ। हिजो अस्ती कोरोना संक्रमितको संख्या थोरै छ। हामीले बेलैमा उहाँहरुको कन्ट्राक्ट ट्रेसिङ गर्यौं भने सहजै यो जालोबाट बाहिर निस्कन सक्छौं भन्ने लाग्छ।

भारतबाट आउने नेपाली र भारतीयलाई सिमानाकामा अत्यन्तै कडाईका साथ चेकजाँच गरेर मात्र भित्रिन दिनु पर्छ। उहाँहरु समुदायमा जानु भन्दा पहिला त्यो विषयमा ध्यान दियौँ भने पनि धेरै मात्रामा कोरोनाको महामारीबाट बच्न सक्छौं।

भारतमा फैलिएको कोरोनाको प्रजाति नयाँ हो। यो नयाँ प्रजाति पुरानो भन्दा धेरै छिटो फैलिन सक्ने हैसियत राख्छ। भोलि हाम्रो स्वास्थ्य प्रणालीले पनि धान्न नसक्ने अवस्था आउन सक्छ। स्वास्थ्य प्रणाली तयारी अवस्थामा हुन जरुरी छ। हाम्रो स्वास्थ्य प्रणालीले आफूलाई अटेन्सनमा राख्ने सही समय छ। यो समय नै पूर्व तयारी गर्नु पर्छ।

त्यतिमात्र हैन, हामी आम नागरिक पनि सरकारको मुख ताकेर बस्ने हैन। कोरोनासँग सबै अनुभवि भएका छौं। सामान्यतः स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना ग¥यौं भने पनि पुनः लकडाउन बेहोर्नु पर्दैन।

सामान्यतः भिडभाडमा नजाने, जानै परे पनि मास्क अनिवार्य लगाउने, उही हाछ्यूँ गर्दा मुख छोप्ने। हात धुने र मास्क लगाउदा नाक र मुख राम्रोसँग छोपिने गरी लगाउनु पर्छ। हामी आत्म अनुसाशित बन्यौं भने पुनः लकडाउन बेहोर्नु पर्दैन नत्र सरकारले महामारी फैलिएपछि रोक्नलाई लकडाउन जस्तो टुल्सको प्रयोग गरिदिन सक्छ। त्यसको मार हामीमा पर्छ। हामीले त्यो कुरा बेलैमा बुझ्न जरुरी छ।

खोप आएको छ। खोप लगाएकालाई केही पनि हुँदैन भन्ने भ्रम परेको छ। यो नयाँ भाइरस हो। यो नयाँ भाइरसलाई खोपले पनि केही असर गरेको छैन। हामीले खोपलगाएकै छैनौं भन्ने सोचेर आत्म अनुसाशित बनाउनु पर्छ। भारतमा अहिले फैलिएको स्थान हेर्दा अत्यन्तै जोखिममा छौं। यो जोखिमबाट मुक्त हुन पनि हामी आफैं आत्म अनुसाशित हुन जरुरी छ।

डा. पाण्डेसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *