महाधिवेशन कार्यातालिका प्रभावित भएपछि काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

डिसी नेपाल
११ चैत २०७७ १५:३०

काठमाडौं। १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यही चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘महाधिवेशन तयारीका विषयमा छलफल गर्न सभापतिको निर्देशानुसार २० गतेका लागि बैठक बोलाइएको छ।’

यसअघिको केन्द्रीय कार्यसमितिले चैत १० सम्म जिल्लाबाट क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विवरण सफ्टवेरमा इन्ट्री भइसक्नुपर्ने अन्यथा सो जिल्लालाई महाधिवेशनमा सहागी नगराउने निर्णय गरेको थियो। तर, सो समय सिमामा ६८ जिल्लालेमात्र विवरण इन्ट्री गरेका छन्। ९ वटा जिल्लाले विवरण नै इन्ट्री नगरेकाले ती जिल्लाबाट निर्णय लिन केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।

यसअघि चैत् १० मा बसेको पूर्व तथा वर्तमान पदाधिकारी बैठकमा क्रियाशील छानविन समितिले हालसम्मको प्रगतीबारे जानकारी दिएको थियो। त्यसअनुसार ३ लाख ८० हजारभन्दा धेरैको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *