ओली सरकार ढलाउन नखोजेपछि देउवालाई बाबुरामको झटारो

डिसी नेपाल
१२ चैत २०७७ १०:५७

काठमाडौं। प्रधानमन्त्री केपी सरकार नेतृत्वको सरकार ढलाउन अग्रसर नभएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शाब्दिक झटारो हानेका छन् । उनले शेरबहादुर देउवा वा नेपाली कांग्रेसको नाम उल्लेख नगरी प्रतिपक्षी दल आफ्नो धर्म पूरा गर्न चुकेको आरोप लगाएका छन् । आफ्नै पार्टीका नेताहरुले सरकारमै जान सक्ने संकेत गरिरहेका बेला भट्टराईको यस्तो धारणा आएको हो ।

भट्टराईले ट्वीटरमा लेखेका छन् ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो । अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *