प्रदेशको एककाे मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई

डिसी नेपाल
१३ चैत २०७७ १२:४२

काठमाडौं। सर्वोच्चले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि बहुमतमा रहेका प्रदेश एक सरकारका मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद पुर्नगठन गर्न लागेका छन्। मुख्यमन्त्री राईले आज नवनियुक्त मन्त्रीलाई नियुक्ती गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सोही मन्त्रालयमा राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङलाई दिने भएका छन्। यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री रहेका रामबहादुर मगरलाई दिने तयारी भएको छ।

मुख्यमन्त्री राईले आर्थिक मामिलातथा योजना मन्त्रीको जिम्मेवारी टंक आङ्बोहाङ र समाजिक विकास मन्त्रीको जिम्मेवारी उषाकला राईलाई दिने तयारी गरेका छन्। आङ्बोहाङ माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर एमालेमा आएका हुन् भने राई माधव नेपाल समूह छोडेर ओली समूहका आएकी हुन्।

मुख्यमन्त्री राईले दुई जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी पनि गरेका छन्। कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्ती गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएका थिए। उनीहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएका थिए। उनीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *