काँग्रेस नेता जोशीको निधन

डिसी नेपाल
१३ चैत २०७७ २१:०६

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको शुक्रबार ५७ वर्षको उमेरमा निधन भएको छ। फागुन १४ देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार अस्पतालमै निधन भएको हो। फागुन १३ गते राति ब्रेनह्यामरेज भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेता जोशीका सहयोगी रहेका पुस्कर पाण्डेले अस्पतालले साढे ८ बजे निधन भएको घोषणा गरेको जानकारी दिए।

नेता जोशीको नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। २०४९ का काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशी संविधानसभाका दुबै चुनावमा काठमाडौं ८ बाट निर्वाचित भएका थिए। उनी माओवादी–काँग्रेसको गठबन्धन सरकारमा उद्योगमन्त्री बनेका थिए।

काँग्रेस सभापपति शेरबहादुर देउवाले नेता जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।


नेता जोशीको निधनप्रति काँग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जोशी निधनप्रति सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *