गजल : दिल झन दुखेको छ मेरो
बिना अग्नि नै मन डढेको छ मेरो
बिना सास धडकन अडेको छ मेरो।
हुँ यौटा भिखारी हजारौको भीडमा
यसै जिम्दगानी चलेको छ मेरो।
अनेकन कथाका गुथेको छु चांग
नपोलेर आत्मा जलेको छ मेरो।
थियो चाह धेरै र सपना विशाल
बिना चाल गाडी गुडेको छ मेरो।
टुटायौ भरोसा तिमीले पियारी
टुटी साथ दिल झन दुखेको छ मेरो।
प्रतिक्रिया
Facebook Comment