फागु पूर्णिमा रङसँग मात्र जोडिएको पर्व होइन
काठमाडाैं। त्रेता युगमा दैत्यराज हिरण्य काश्यपुले विष्णुभक्तले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा भगवान कृष्णद्वारा मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।
राम्रो तरिकाले तयार पारिएका प्राकृतिक रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्नरोगको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। पहाडी भेगमा आज र तराई भेगमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रंगिएर बाजागाजाका साथ नाचगान गर्दै महिला, पुरुष विशेष युवा जमात आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् यो गलग संस्कार हो।
रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी रमाइलो गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा जताभावी रसायनिक लोला हान्ने जस्ता विकृति पनि कायम नै छ। तर पहिलेको अनुपातमा अलिक कम हुँदै पनि गएको छ।
यो चाडमा थकालीहरू रंगीबिरंगी पोसाकमा सजिएर स–परिवार भेला भएर तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भएर मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ।
फागुपुर्णिमा रङसँगमात्र जोडिएको पर्व होइन
फागु पर्व विशेष नेपाल र भारतलमा मौलिक तरिकाले मनाउने महत्वपूर्ण पर्व हो। यो आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। यो पर्व रङसँगै उमंगले भराउने उद्देश्यका साथ मनाइन्छ।
वर्ष भरी थाकेको शरीरले मनोरन्जन खोज्छ। एक दिनको रमाइलोले पनि हामी भित्रको क्रोध,रिस,डाहा सबै नियन्त्रण गर्नसक्ने बैज्ञानिक तथ्य छ। फागु हाम्रो व्यस्ततालाई एकदिन भएपनि सामाजिक रुपमा रमाइलो पार्ने खुसी साटासाट गर्ने भरपर्दो माध्यम पनि हो।
पशुपति क्षेत्र विकाश कोषका पूर्व सदस्य सचिव तथा संस्कृतिविद् डा.गोविन्द टण्डनसँग डिसी नेपालका लागि सम्भवसिह ठकुरीले गरेको कुराकानीमा आधारित।
Facebook Comment