संसदको चालु अधिवेशन केही दिनमै अन्त्य गर्ने तयारी

डिसी नेपाल
१६ चैत २०७७ १०:३७

काठमाडौं। सरकारले संसदमो चालु अधिवेशन केही दिनभित्रै अन्त्य गर्ने तयारी गरेको छ। समयका हिसावले हिउँदे अधिवेशन धेरै लामो नुहने र यतिका दिनसम्म चल्नु प्रयाप्त भएको भन्दै सरकारले हिउँदे अधिवेशन चाँडै अन्त्य गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अधिवेशन चाँडै आह्वान गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यको तयारी गरेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार वैशाखको दोस्रो हप्ताभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन केही दिनभित्रै अन्त्य गर्ने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

‘समयको हिसाले हिउँदे अधिवेशन जति दिन चल्यो, त्यो प्रयाप्त समय हो,’ प्रधानमन्त्री निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘विजनेश नभएको भन्ने फरक कुरा हो, तर अब बजेट अधिवेशन पनि बोलाउनु पर्ने भएकाले यो चालु अधिवेशन चाँडै अन्त्य गर्ने तय भएको छ।’

अधिवेशन अन्त्यपछि सांसदहरु आफ्नो निर्वाचन क्षेत्र फर्किनु पर्ने र त्यसपछि फेरि बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले चालु अधिवेशन चाँडै अन्त्य गर्ने तयारी भएको हो।

वैशाखको दोस्रो हप्ता बजेट अधिवेशन बोलाउने गरी चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको स्रोतको भनाइ छ। ‘प्रि–बजेट डिक्सशन, नीति तथा कार्यक्रम र बजेट पनि ल्याउनु पर्ने भएकाले यो अधिवेशन केही दिनभित्रै अन्त्य गर्ने तय भएको हो,’ स्रोतले भन्यो, ‘अब अधिवेशन अन्त्य गर्न ढिला हुँदा बजेट अधिवेशन प्रभावित हुने भएकाले यो अधिवेशन अन्त्य गर्ने तय भएको हो।’

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भएको छलफलमा पनि चालु अधिवेशन चाँडै अन्त्य गर्ने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *