बालुवाटार जग्गा प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालविरुद्ध आज सर्वोच्चमा सुनुवाइ

डिसी नेपाल
१६ चैत २०७७ ११:४६

काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाई उत्मुक्ति दिएका पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ३ तत्कालीन मन्त्री, केही कर्मचारी तथा अन्य गरी १ सय ७५ जनाविरुद्ध मुद्दा चलाउँदा यी दुई पूर्व प्रधानमन्त्रीलाई भने मुद्दा चलाउने नपर्ने ठहर गरेर उन्मुक्ति दिएको थियो ।

यो निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यी दुई पूर्व प्रधानमन्त्रीविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अख्तिययार दुरुपयोग अनुसन्धान आयोग र महान्यायधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा मुद्दा हालेका थिए । पटक पटक सुनुवाइ हुन नसकेको यो अग्राधिकारप्राप्त रिट आज फेरि पेशी चढेको हो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको ७ नम्बर इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा परेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए । यो जग्गाका विषयमा विभिन्न समयमा मनित्रपरिषदबाट विभिन्न निर्णयहरु हुँदा माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *