पाण्डे र भुसाललाई स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित पुनः स्पष्टीकरण सोध्ने

डिसी नेपाल
१६ चैत २०७७ १८:०१

काठमाडौं । नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण सोध्ने भएको छ । चैत ८ गते एमालेले पाण्डे र भुसाललगायत ४ जनालाई स्पष्टीकरण सोधेको थियो । उनीहरु दुवैले स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले डिसी नेपाललाई जानकारी दिए।

चैत १२ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले भने स्पष्टीकरण दिएका थिए । उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *