‘रियल टाइम’ प्रदूषण इन्डेक्समा काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर
काठमाडौं। मंगलबार बिहान १० बजे आसपासको समयमा काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । आइक्यू एयरका अनुसार मंगलबार बिहान काठमाडौंको प्रदूषको स्तर विश्वका सहरहरुमध्ये सबैभन्दा बढी देखिएको हो ।
मंगलबार काठमाडौंको हावाको प्रदूषण स्तर (युएस एक्युआइ) ३१५ पुगेको छ । जबकि दोस्रो स्थानमा रहेको चीनको साङघाइको प्रदूषण स्तर १९६ मात्रै देखिएको थियो । यो वास्तविक समयको हावाको प्रदूषण स्तर हो । ‘रियल टाइम’ प्रदूषण स्तर भनिने यो स्तर परिवर्तन भइरहन्छ ।
प्रतिक्रिया
Facebook Comment